आज श्रीवज्रेश्वरी र श्रीवत्सलेश्वरी देवीको जात्रा हुँदै



काठमाडौँ, ३ चैत्र : पशुपति सृजनशील क्लब परिवार तथा स्थानीय बासिन्दाले श्रीवज्रेश्वरी र श्रीवत्सलेश्वरी जात्रा मनाइरहेका छन् ।

यस क्लब परिवारले श्रीवत्सलेश्वरी देवीको जात्रा, श्रीवज्रलेश्वरी जात्रा तथा आकाशभैरवको जात्रा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मनाउने गर्छन् । स्थानीय बासिन्दाहरुले पाहाँचर्हे जात्रासँगै शुरु भएका विभिन्न जात्राहरुको प्रदर्शनी शुरु गरेका छन् । यी पुराना जात्राहरुमा थरि थरिका बाजागाजाहरु बजाइएका छन् । नृत्यहरु समेत लोभ लाग्दा देखिन्छन् । यस्ता जात्राहरु पाशुपत क्षेत्रभित्रका सबै मठ–मन्दिरमा भइरहेको छ ।

भगवान् पशुपतिनाथका वरिपरि नौ शक्ति पीठहरु र मन्दिरहरु रहेका पाइन्छन् । उत्तरतिर नदी किनारमा गुहेश्वरी, दक्षिणतिर झम्केश्वरी, वनकाली, राजराजेश्वरी, (नवदुर्गा) र तिलगंगा पारि वज्रेश्वरी पीठ रहेका छन् भने पूर्वतिर वत्सलेश्वरी मङ्गलेश्वरी र पश्चिमतिर भुवनेश्वरी, जयवागीश्वरी आदिको मन्दिर, स्थानहरु पनि रहेका छन् । यस्तै नौ देवीहरु तथा देवीदेवता आदि अनेक महत्वपूर्ण कुराले घेरिएको पशुपतिक्षेत्रको प्राचीन बस्तीमा बर्षैभरि विभिन्न किसिमका जात्रापर्वहरु हुने गरिएका छन् । तिनीहरुमा वज्रेश्वरी र वत्सलेश्वरीजात्रा मुख्य हुन् ।

प्रतिक्रिया दिनुहोस्