श्रीपशुपतिनाथ महोत्सवमा विभिन्न कलाकारको उपस्थिति हुने



काठमाडौँ, ३ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजद्वारा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्रमा ख्याति प्राप्त कलाकारको उपस्थिति रहने जानकारी गरेका छन् ।

श्रीपशुपतिनाथ धार्मिक, सांस्कृतिक महोत्सवको अवसरमा विश्व हिन्दु युवा संघ अन्र्तराष्ट्रिय समिति र विभिन्न धार्मिक, सामाजिक संघसंस्थाको सहयोगमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, सनातन हिन्दु धर्म संस्कृति जागरण, पाशुपत क्षेत्रमा मनाइने विविध धार्मिक, सांस्कृतिक एक हप्ते कार्यक्रम (२०७४ चैत्र १ देखि ७ गतेसम्म) भव्य र सव्य रुपमा सञ्चालन भइरहेको छ ।

यस महोत्सवको तेस्रो दिनमा विभिन्न कलाकारको उपस्थिति हुने जानकारी कार्यक्रम आयोजकले दिएका छन् ।  राष्ट्रिय कलाकारहरु जे.वि. टुहुरे, तुलसी पराजुली, बद्रि पंगेनी, यम बराल, साजन राई, कमल खत्रीको उपस्थिति रहनेछ । दोहरी गायकगायिकामा दुर्गा साउद, पवित्रा गुरुङ्ग, बन्दना मैनाली, विश्व नेपाली, नवराज घोरासैनी, उमा श्रेष्ठ, सूर्यमणी आचार्य र हास्यकलाकारमा राजा राजेन्द्र पोख्रेल, पल्पसा डंगोल (चम्सुरी मेरी बाँस्सै) को बेजोड प्रस्तुती रहेको छ । साथै चर्चित मोडेलहरु र राष्ट्रियस्तरका आर्कषक नृत्यहरु पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्