श्रीपशुपतिनाथ महोत्सव जारी आज तेस्रो दिन



काठमाडौँ, ३ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजद्वारा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्रमा भइरहेको कार्यक्रम भव्य र सव्य रुपमा सञ्चालन भइरहेको छ ।

श्रीपशुपतिनाथ धार्मिक, सांस्कृतिक महोत्सवको अवसरमा विश्व हिन्दु युवा संघ अन्र्तराष्ट्रिय समिति र विभिन्न धार्मिक, सामाजिक संघसंस्थाको सहयोगमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, सनातन हिन्दु धर्म संस्कृति जागरण, पाशुपत क्षेत्रमा मनाइने विविध धार्मिक, सांस्कृतिक एक हप्ते कार्यक्रम (२०७४ चैत्र १ देखि ७ गतेसम्म) भव्य र सव्य रुपमा सञ्चालन भइरहेको छ ।

यस महोत्सवमा श्रीमद् भागवत महापुराण भुवनेश्वरी चोक, ख्याति प्राप्त राष्ट्रिय कलाकाको साथमा वृहत ऐतिहासिक सांस्कृतिक कार्यक्रम हंश मण्डल, शास्त्रीय संगीत ईतापाखामा व्यापक रुपमा कार्यक्रम भइरहेको छ । तपाईहरु पनि सहभागी हुनुहोस् र आफ्नो रोजाईको कार्यक्रम हेर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्