खानेपानी आयोजना सम्पन्न



इलाम, ३० फागुन

फाकफोक ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको काम सम्पन्न भएको छ ।

फाकफोकथुम गाउँपालिका–२ स्थित कोल्बोटेमा २०७३ साल असारदेखि शुरु भएको उक्त खानेपानी आयोजनाबाट यहाँका १११ घरधुरी लाभान्वित भएका छन् । आयोजनाले राष्ट्रिय मावि कोल्बोटे र शिवालय मन्दिरमा एक/एकवटा सार्वजनिक धारासमेत निर्माण गरेको छ । एक घर एक धाराको अवधारणाअनुसार निर्माण गरिएको आयोजनामा मिटरसमेत जडान गरिएको छ ।

फनबोर्डको आर्थिक तथा सुनगाभा विकास संस्था इलामको प्राविधिक सहयोगमा सम्पन्न उक्त आयोजना रु. ६८ लाखको लागतमा निर्माण भएको हो । आयोजनाको निर्माणले यस क्षेत्रमा खानेपानीको समस्या समाधान भएको स्थानीयवासी रवीन राईले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्