मासु समेत कालो हुने महँगो कडकनाथ कुखुरा..(भिडियो सहित)



२९ फागुन २०७४

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ ।

भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा भारतको आदिबासी समुदायमा लोकप्रिय छ । आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाड्पर्ब,देबिदेउतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गलमा भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : १ कडक नाथ ,२. .सिल्की , ३ आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरणमा सहजै बढ्ने, रोग प्रतिरोधात्मक क्षमता भएको, केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रोसँग हुर्किन सक्नु हो । त्यसैले नेपालको तराइ र पहाडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना देखिएको छ ।

पोषण तत्व
१ )प्रोटिनको मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ ।
२) cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ ।
३)अमीनो एसिडको मात्रा उच्च हुन्छ
४) भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ ।

मेडिसनल महत्व
१ ) महिलाहरुमा देखिने बाजोपनको उपचार, मष्तिस्क सम्बन्धित रोग, मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु राम्रो हुन्छ।
२) दिर्घकालीन रोगहरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोगहरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३) Blood Pressure को समस्या हुनेहरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४) यो कुखुराको मासुमा हुने पोषण तत्वहरु कारण, रोग प्रतिरोधकको रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ ) यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्रा हुने र फ्याटको मात्रा कम हुने हुदा मानव स्वास्थ्यको लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले टाउको दुख्ने, रिङ्गटा लाग्ने र किड्नीको समस्यालाई नि कम गराउछ ।

नेपालमा कडक नाथ जातको कुखुराको ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ । यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ । हेर्दा कालो हुने हुदा धेरैले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्वको हिसाबले उत्कृस्ट कुखुराको मासुमा कालो कुखुराको मासु पर्छ।

प्रतिक्रिया दिनुहोस्