मैले भन्दै नभनेको कुरालाइ गलत प्रचार गरी मेरो चरित्र हत्या गर्न खोजियो : सुजाता पाण्डे (भिडियो सहित)



नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे उत्कृष्ट ५ बाट बाहिरिएकी एक प्रतिस्पर्धी हुन् । नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायक रियालिटी सो नेपाल आइडलमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी पनि हुन्। उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन् हाल उनी देश बिदेशका कार्यक्रममा ब्यस्त छिन् ।
आज हामीले उनको फेसबुक लाइभ भिडियोमा भनिएका कुरा हरु दर्शक माझमा लेउने प्रयास गरेका छौ उनले आफ्नो फेसबुकमा यस्तो स्टाटस राखी सबैको सहयोग को अपेक्षा पनि राखेकी छन् | उनले भनेकी छन्

”केहि फेसबुकका अनलाईन पेजहरूले मैले अन्तरवार्ताका क्रममा बुद्ध लामा र एपि 1 को बारेमा भन्दै नभनेको कुरालाई गलत प्रचार गरेर मेरो चरित्र हत्या गर्ने प्रायस गरिएको छ। त्यसैले यस्ता भ्रामक समाचारको पछि नलाग्न सम्पुर्ण श्रोताहरू सामु जानकारी गराउन चाहान्छु।आशा छ बुझिदिनुहुन्छ…..।”

हेरौ उक्त भिडियो फेसबुक लाईभमा आएर स्पस्टिकरण दिँदै सुजाता पाण्डे !

सुमुधुर स्वरकी धनी गायिका सुजाता पाण्डेले आफ्नो पहिलो नयाँ गीत दर्शकमाझ भर्खर ल्याएर आएकी छिन् । उनी विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज नेपाल आईडलको टप ५ बाट बाहिरिएकी सुजाता पाण्डेले आफ्नो नयाँ गीत भर्खरै दर्शकमाझ ल्याएर आएकी हुन् । जुन गित हाइलाइटनेपाल युटुब चेयाँनेल मार्फत विश्व भरि सार्बजनिक भएको हो !

रुद्र ज्ञवालीको शब्द र तेज प्रसाद पाण्डेयको संगीत रहेको ‘कोहि भन्छन् ‘ बोलको उक्त गीतको म्युजिक भिडियोमा नेपाल आइडलकी होस्ट रीमा बिश्वकर्मा र निराजनको अभिनय हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्