अर्शी खानले पुजारीको ४० हजार भारु उधारो लिएर तिरिनन्



एजेन्सी -बिग बोस ११ की विवादित प्रतियोगी अर्शी खान एकपटक फेरि चर्चामा आएकी छिन् । यसपटक पनि उनी गलत कुराले नै चर्चामा आएकी हुन् ।

मुम्बई कान्दिवलीस्थित साई धाम मन्दिरका पुजारी रमेश जोशीले अर्शीले ४० हजार भारु उधारो लिएर नतिरेको आरोप लगाएका छन् ।

पुजारी रमेशले पटकपटक ताकेता गर्दा पनि अर्शीले पैसा तिर्न नखोजेकाले आफू बाध्य भई प्रशासनको शरणमा पर्नुपरेको बताएका छन् ।

रमेशले अर्शीविरुद्ध समता नगर पुलिसमा उजुरी दिएका छन् । पुजारी रमेशले उजुरीमा अर्शी र उनका म्यानेजर सन् २०१५ को सेप्टेम्बरदेखि बारम्बार आफूलाई भेट्न मन्दिरमा आउने गरेको उल्लेख गरेका छन् ।

सोही क्रममा ५ डिसेम्बरमा उनीहरू मन्दिरमा आएको र कसैले आफ्नो पर्स र मोबाइल चोरेको बताउँदै अर्शीले पैसा सापटी मागेको उनले बताएका छन् ।

‘अर्शीले पर्स चोरी भएकाले आफूलाई आर्थिक संकट परेको भन्दै मसँग ४० हजार रुपैयाँ सापटी मागिन्,’ पूजारी रमेशले भनेका छन्, ‘मैले उनलाई पैसा दिएँ ।नयाँ पत्रिकाले छापेको छ ।

आफूलाई प्रोड्युसरले पैसा दिनेबित्तिकै फिर्ता गर्ने बताएकी थिइन् । तर, अहिलेसम्म मैले पैसा पाइन“ ।’

चर्चित पत्रिका मिड डेलाई पुजारी रमेशले बताएअनुसार उनले अर्शीलाई आफ्नी छोरीसमान ठानेर समस्यामा सहयोग गरेका हुन् ।

उजुरी परेपछि पुलिसले यसबारे सोधीखोजी गरिरहेको छ । तर, अर्शीका म्यानेजरले भने यो आरोप पूरै निराधार भएको दाबी गरेका छन् ।

म्यानेजरले पुजारी रमेशले अर्शीसँग जबर्जस्ती पैसा असुल गर्न खोजेको बताउँदै पुलिस तथा मिडियामा अर्शीविरुद्ध अफवाह फैलाएकाले आफूहरू उनलाई मुद्दा हाल्ने तयारीमा रहेकोसमेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्