नेपालबाट स्कटल्याण्डलाई १५० रनको चुनौती



काठमाडौँ २४ फागुन

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको सामान्य चुनौती दिएको छ ।

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकट गुमाएर १४९ रनमा समेटियो ।

नेपाली टोलीका कप्तान पारस खड्काबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । खड्काले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७५ बलमा ११ चौकाको मद्दतमा ६३ रन बनाएका हुन् । त्यसैगरी सोमपाल कामीले १८ र  रोहितकुमार पौडेलले १५ रन जोडे भने वसन्त रेग्मी २४ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी एक तथा शरद् भेषवाकर शून्यमा आउट भए भने आरिफ शेखले २ रन जोडे । स्कटल्यान्डका ह्वीटिङ्घमले ३ विकेट लिए । त्यस्तै सरिफले २ विकेट लिए ।

अहिले स्कटल्याण्ड जवाफी ब्याटिङमा उत्रिएको छ । यसअघि यही फागुन २० गते नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग पराजित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्