अमेरिकामा नेपालीले होली मनाए



अमेरिका, २१ फागुन

अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् ।

नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो ।

अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका अध्यक्ष विदुर दवाडीले जानकारी दिनुभयो ।

उक्त अवसरमा नेपालबाट अमेरिका आउँदा, यहाँ आइसकेपछि भोग्नुपर्ने समस्या, यहाँ बसोबास गरिरहेकाहरुको समस्या, त्यसको समाधान र नेपाली भाषा, संस्कृति जोगाउनेबारे छलफल गरिएको सो संस्थाका कोषाध्यक्ष दीपेन्द्र गौतमले बताउनुभयो ।

एनएचयुको स्थापना सन् २०१७ मा भएको हो । उक्त संस्थाले अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । त्यसैक्रममा एनएचयुले होली पर्वको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्