प्रेममा परेको कसरी थाहा पाउने ? जान्नुहोस्



मुटुको धड्कन
भनिन्छ, प्रेममा मुटुको धड्कन बन्द हुन्छ । यद्यपी प्रेममा दुबैको मुटु समान रुपमा धड्किन्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको अध्ययन अनुसार जब दुई जना प्रेम गर्न थाल्छ, दुबैको मुटु समान रुपमा धड्कन थाल्छ ।

प्रेमको हल्का नशा
जब प्रेम हुन्छ, मस्तिष्कमा असामान्य अनुभव हुन्छ । यस अनुभूतले डोपामाइन हर्मोन बढाइदिन्छ । त्यही कारण हो, जब कोही प्रेममा हुन्छ भिन्न व्यवहार गर्न थाल्छन् ।

दुखाई महशुस हुँदैन
स्ट्यानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनद्वारा गरिएको एक अध्ययन अनुसार जो व्यक्ति कसैलाई प्रेम गर्छ भने उनको कुनैपनि पीडा पार्टनरको तस्बिर हेर्दा मात्र पनि कम हुन्छ । अझ पार्टनरको उपस्थिती त दुखाईमो वा पीडामा पेनकिलर जस्तै हुन पुग्छ ।

खुसी राख्ने प्रयास
प्रेम एक साझा सम्बन्ध हो । यद्यपी जब कसैसँग प्रेम हुन्छ, उसको खुसीले हाम्रो जीवनमा खास महत्व राख्न थाल्छ । रिसर्च अनुसार दयाले भरिएको प्रेम एक राम्रो सम्बन्धको संकेत हो । यसको अर्थ हो कि, पार्टनरले आफ्ना प्रेमीलाई खुसी राख्ने हरेक प्रयास गर्न थाल्छन् ।

तनाव
प्रेमले मनमा बेग्लै उथलपुथल ल्याउँछ । खुसी र उमंग ल्याउँछ । यससँगै तनाव पनि । जब हामी प्रेममा हुन्छौ, मस्तिष्कमा कोर्टिसोल रिलिज हुन्छ । यो तनाव पैदा गर्ने हर्मोन हो । हामी अधैर्य हुन थाल्छौं । त्यसैले हाम्रो धैर्यताको परीक्षा सामान्यभन्दा बढी हुन्छ ।

अश्लिल हुनमा संकोच हुन्न
प्रेममा परेपछि अश्लिल हुन संकोच लाग्दैन ।

आँखा जुधाएर हेर्ने
यदि पार्टनरले आँखा जुधाएर हेर्छ वा सामान्य दिनको भन्दा बेग्लै ढंगले आँखा गाढेर हेर्छ भने सम्झनुपर्छ, उनको मनमा आफ्नो स्थान बनाइसकियो ।

पार्टनरको बारेमा सोचाई
जब पार्टनरको बारेमा सोच्न थालिन्छ, बुझौं प्रेम भयो । यस्तो यसकारण हुन्छ कि, मस्तिष्कमा फिनलेथिलैमाइन स्राव हुन्छ । यो लभ ड्रग हो । यो हर्मोनले पार्टनरप्रति मोह पैदा गर्छ ।

प्रतिक्रिया दिनुहोस्