बैबाहिक जीवन सफल बनाउन निम्न तरिका अपनाउनुहोस्



१. कहिले कहिं रमाइलो गरौं, मनोरञ्जन गरौ । सिनेमा हेर्ने, घुमफिर गर्ने, पुस्तक पढ्ने गरौं । यसले दाम्पत्य सम्बन्ध थप मजबुद हुन्छ ।

२. पति वा पत्नीप्रति गरिने अपेक्षाले पनि झगडाको रुप लिन्छ । त्यसैले अनावश्यक अपेक्ष
नगरौं ।

३. पारिवारिक दायित्व एकजनाको कााधमा मात्र सुम्पदा पनि त्यसले आपसी असमझदारी बढ्छ । त्यसैले पारिवारिक दायित्व साझेदार गरौं । चाहे घरको आथिर्क कुरामा होस् वा अन्य काममा नै दुबैले सराबरी सहभागिता जनाउनु पर्छ ।

४. पारिवारिक योजना तय गरौ । पती पत्नी मिलेर आफ्नो पारिवारिक जीवन कसरी राम्रो, बलियो, सुमधुर, उज्वल बनाउने भन्ने कुराको खाका तयार गरौ ।

५. अहिले शोसल नेटवर्क साइटको कारण पनि दम्पतीबीच कलह हुने गरेका छन् । यसले सम्बन्ध विच्छेदको अवस्थामा समेत पुर्‍याउने गरेका छन् ।

६. सामाजिक संजालमा धेरै समय व्यतित गर्ने, फेक एकाउन्ट बनाउने जस्ता गतिविधि नगरौ । निजी पारिवारिक तस्विर पनि फेसबुकमा शेयर नगरौं ।

७. दम्पतीबीच संवादको वातावरण हुनुपर्छ । जतिसुकै व्यस्त भएपनि दुबैले आपसी छलफल गर्नुपर्छ ।

८. घरको कुनै पनि निर्णय एकलौटी ढंगले नगरौं । दुबैको समझदारीमा मात्र निर्णयहरु गरौं ।

९. शंका र अविश्वासले दम्पतीबीच फाटो ल्याउाछ । त्यसैले पहिले त शंका, उपशंका, अविश्वासको वातावरण बन्न नै नदिने । यदि त्यसो भइहाले पनि, दुबै स्पष्ट हुनुपर्छ । दम्पतीबीच कुनैपनि कुरा लुक्नु हुादैन ।

१०. एकअर्काको ख्याल राखौं । पतिले पत्नीको र पत्नीले पतिको ख्याल राखौं । दुबैको पिर मर्का साझेदार गरौं । पारिवारिक दायित्व पतिलाई मात्र सुम्पने वा घरधन्दाको काममा पत्नीको मात्र भर पर्ने प्रवृत्ति त्यागौं ।

प्रतिक्रिया दिनुहोस्