चुम्बन भनेपछि मरिहत्ते गर्ने बलिउड कलाकारहरु : डाइरेक्टरले कट भन्दा पनि रोकेनन् (भिडियो सहित)



बलिउड चलचित्रमा इन्टिमेट दृश्य खिच्दा निर्देशकलाई अहिले पनि हम्मे-हम्मे पर्छ । केही कलाकार चुम्बनको दृष्य गर्न गार्‍हो मानेको घटना सार्वजनिक भएकै हो । तर, बलिउड चलचित्रमा कतिपय यस्ता घटना पनि भए कि केही कलाकार सुटिङमै उत्तेजित भए । जसकाकारण, मुख जोडेर पोज दिएका कलाकारलाई छुटाउन निर्देशक आफैं जानु पर्‍यो ।

ज्याकलिन फर्नाडिस-सिद्धार्थ मल्होला
‘अजेन्टलमेन’को सुटिङको क्रममा अर्जुन कपुर र सिद्धार्थ मल्होत्राले सुटिङ युनिटलाई दंग पारे । निर्देशकले कट भनेको केही समयसम्म उनीहरु चुम्बनमै लिप्त रहे ।

रणबीर कपुर-इवलिन् शर्मा
पुराना मात्रै हैन नयाँ नायकले पनि अन्तरंग दृष्यमा अभिनय गर्दा वेला वेलामा होस गुमाउने गरेका छन् । अयान मुखर्जी निर्देशित चलचित्र ‘ऐ जवानी हे दीवानी’ को सुटिङको क्रममा रणबीरले होस् गुमाएका थिए ।

रञ्जी -माधुरी दिक्षित
सत्तिराजु लक्ष्मी नारायण निर्देशित यस फिल्ममा रञ्जीत र माधुरी दिक्षितले मुख्य भुमिका निर्वाह गरेका थिए । एउटा दृष्यमा रञ्जीतले माधुरीको बलात्कार गर्नुपर्ने थियो । सुटिङको क्रममा रञ्जितले होस् गुमाए । पछि माधुरीले रञ्जीतलाई आफुलाई छुन नपाउने शर्त राखिन् ।

विनोद खन्ना-माधुरी दिक्षित
सन् १९८८ मा बनेको हिन्दी चलचित्र ‘दयावान’का निर्देशक थिए फिरोज खान । भारतीय मिडियाले उल्लेख गरे अनुसार उक्त फिल्ममा चुम्बनको अभिनय गर्दा विनोद यति इमोस्नल भएका थिए कि माधुरीको ओठबाट रगतै आएको थियो । चलचित्र रिलिज भएपछि चुम्बनकै कारण माधुरीको निकै आलोचना भयो । माधुरीले यस्तो सिनमा अभिनय गर्नु आफ्नो गल्ती भएको बताइन् ।

विनोद खन्ना-डिम्पल कपाडिया
महेष्श भट्ट निर्देशित ‘प्रेम धरम’मा पनि विनोद खन्ना र डिम्पल कपाडियाविचमा पनि त्यहि समस्या दोहोरिएको थियो ।
निर्देशकले कट भनको विनोदले पत्तै पाएनन् । कट भनेको धेरै समयसम्म पनि विनोदले डिम्पललाई चुम्बन गरिरहे । पछि निर्देशक भट्टले डिम्पलसँग माफी नै माग्नु पर्‍यो ।

प्रेम नाथ-फरयाल
रविकान्त नगाइच निर्देशित चलचित्रमा प्रेमनाथ र फरयालविचको चुम्बनको दृष्यले निकै चर्चा पायो । संवाददाताहरुले जनाए अनुसार सुटिङको क्रममा प्रेमनाथले होस गुमाएका थिए । प्रेमनाथको चंगुलवाट फुस्किनका लागि फरयालले निकै संघर्ष गर्नु परेको थियो ।

दलीप ताहिल-जयप्रदा
बलात्कारको दृष्य सुटिङको क्रममा दलीपले पनि होस गुमाएका थिए । जब जयप्रदाले असहज महसुस् गरिन् उनको गालामा थप्पड मारिन् ।

प्रतिक्रिया दिनुहोस्