हिस्सी कुमारी ( फाेटाे फिचर)



हरेक वर्ष गरिने सामूहिक कुमारी पूजा यस वर्ष पनि १९ भदौमा गरियो । पूजामा थुप्रै कुमारीले भाग लिए । पाटन, काठमाडौंलगायत विभिन्न स्थानबाट कुमारीहरू यस पूजामा सहभागी भएका छन् ।
यस्तो सामूहिक पूजामा खासगरी नेवारी समुदायका कुमारीहरूले मात्र भाग लिन्छन् । घरपरिवार, स्वास्थ्य, शिक्षा वा कुनै नयाँ कार्यको थालनी गर्ने वेलामा यस्तो पूजा गरिने चलन छ ।
नेवार समुदायमा दशैंको समयमा यो पूजा अनिवार्य मानिन्छ । कारणवश घरमा पूजा गर्न नसकिए मन्दिरमा सामूहिक रूपमा गरिन्छ ।

शब्द/तस्बिर : सुनिता डंगोल (अन्नपुर्ण टुडे)

प्रतिक्रिया दिनुहोस्