हप्तामा कतिपटक यौन सम्पर्क गर्ने ? (विशेषज्ञहरूको सुझाव सहित)



२६ माघ २०७४
एजेन्सी, तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । समय-समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ । अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ ।

दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ । अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त ? तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ ।

हरेक दिन यौनसम्पर्क गर्ने जोडी

यदि तपाई २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै हुुनहुन्छ भने तपाईमा यौन जोसको कमि छैन । तर तपाईको जोडी बषौं पुरानो हो भने यौन कार्यमा पनि मन्दी आएको हुन सक्छ । तर केही वर्ष अगाडि धेरै जोडिको ध्यान तान्न सफल भएको ‘३६५ नाइट’ नामक पुस्तकको एक अंशलाई पढ्ने हो भने सेक्सले क्षणिक र दीर्घकालिन जोडी केही भन्दैन । लामो समयसम्म सँगै रहेका जोडीले ३६५ दिन नै सेक्स गरेको बताएका थिए ।

बर्षभरी सेक्स गर्दा उनीहरु खुसी हुने, कम तनाबग्रस्त र रिस हटेको ती जोडिले दाबी गरेका थिए । व्यस्त मानिसका लागि दैनिक सेक्स जटिल पक्ष हो । दिनहुँ सेक्स सबै जनाका लागि अव्यबहारिक विषय पनि हो । महिनामा ६ पटक सेक्स गर्ने जोडीलाई सेक्सको क्रम दोब्बर गर्दा के हुन्छ भनी सोधिएको एक अध्ययनमा केही सहभागी रिसाएका थिए । किनकी उनीहरु थोरै समय सेक्स गर्न मन पराउँथे ।

सातामा तीनदेखि चारपटक सेक्स गर्ने जोडी

सन् २००४ को एक अध्ययनमा पनि एउटा निस्कर्ष आएको थियो – जति सेक्स गर्यो त्यति नै जोडी खुसी हुन्छन् । ‘नर्मल बार’ नामक पुस्तकले पनि यस धारणालाई सही साबित गरिदिएको थियो । अमेरिकाका तीन प्रख्यात लेखकहरुद्वारा लेखिएको यस पुस्तकमा पनि हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासा राखिएको थियो । जबाफ सबैको एउटै थियो – सेक्स । सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि प्राप्त हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए ।

 

सातामा एक पटक सेक्स

औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् । विभिन्न समयमा गरिएका अध्ययनले यस्तै निस्कर्ष निकालेको छ । ब्रिटिश नागरिकको बेड टाइम बानीबारे सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि प्राय बेलायती नागरिक महिनामा पाँच पटक सेक्स गर्न रुचाउने पत्ता लागेको थियो । त्यस्तै हालै अमेरिकाका २४ हजार विवाहित महिलामा गरिएको अनुसन्धानमा पनि सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिएको पत्ता लागेको थियो । सातामा एकपटक सेक्स गर्ने मानिस सातामा चारपटक सम्म सेक्स गर्नेभन्दा बढी खुसी भएको सो अध्ययनको निस्कर्ष थियो ।

५० काटेपछि सेक्समा घट्दो रुची

५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नगर्ने गरेको अर्काे एक पछिल्लो अध्ययनले देखाएको छ । बेलायती संस्था ग्रान्सनेटको सो अध्ययनअनुसार आधाभन्दा बढी सहभागीले यौन बिनाको जीवन निकै सुखद भएको बताएका थिए । सेक्स नगर्दा पनि पार्टनरहरु खुसी हुन्छन् भन्ने तथ्य ५१ वर्षदेखि ५८ वर्ष समूहका मानिसमा गरेको यस अध्ययनले उजागर गरेको छ । यदि तपाई सधै खुसी हुनुहुन्छ वा जोडीबीच सुमधुर सम्बन्ध छ भने सेक्स नै सबैथोक होइन । प्राय सहभागीको पनि यस्तै धारणा रहेको थियो ।

सेक्स गर्ने कुनै नियम हुदैन

निश्चय नै सेक्सका लागि कुनै नियम छैन । यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ । जस्तै तपाईका तीन चार वर्ष मुनिका तीन जनाभन्दा बढी सन्तान छन भने तपाईले चाहेर पनि नियमित सेक्स गर्न नसक्नुहोला । त्यस्तै कुनै अकल्पनिय घटना वा पीडामा हुनुहुन्छ भने तपाईको सेक्स आवृत्तिमा पनि अल्पबिराम लाग्ला । कामको थकानमा हुनुहुन्छ भने पनि सेक्सलाई अवश्य प्रभाव पार्छ । तर तपाई भर्खर २१औ बसन्त पार गर्दै हुनुहुन्छ र भर्खरै सम्बन्ध बढाउदै हुनुहुन्छ भने दिनमा एक पटक पनि थोरै हो । तपाईको तन्दुरुस्तीको तह, स्वास्थ्य अवस्था, तनाब, प्रतिबद्धता, करिअरप्रतिको दबाब, डिप्रेसन, उत्तेजना हुन सक्ने क्षमता, लगायत अनगिन्ती तत्वले सेक्समा प्रभाव पार्छ । (साभार: डेली मेल)

प्रतिक्रिया दिनुहोस्