जुलुसका कारण अध्यक्षले मलाई मन्त्री बनाउनुभएन भने सबैभन्दा बढी आत्मसन्तुष्टि त्यही दिनहुनेछ: योगेश भट्टराई



काठमाडौं, २४ माघ

एमाले सचिव योगेश भट्टराईले यसपाली संसद भवन प्रवेशको मौका पाए । गृहजिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि चुनाव जितेका भट्टराईलाई एमालेभित्र भावी मन्त्रीका रूपमा पनि हेरिएको छ । उनी एमाले–माओवादी एकताका केही कोर्समा पहिलादेखि लागेका पात्र पनि हुन् । एमाले–माओवादी एकता र एमालेको भित्रको आन्तरिक शक्ति सङ्घर्षवारे भट्टराईसँग रोहित दाहालले कुराकानी गरेका छन् ।

पहिलो पटक सांसद बन्नुभएको छ, कस्तो छ अनुभव ?

योभन्दा पहिला मैले दुई पटक हारेँ । मैले यो पटक जित्नुपर्ने थियो । किनभने मेरो राजनीतिक भविश्यका लागि पनि जित्नुपर्ने थियो । संसद पनि पार्टीको एउटा प्रमुख फाँट भएकाले त्यहाँ आफ्ना प्रतिनित्व जनाउने कुरा महत्वपूर्ण हुन्छ । मलाई जित्नुपर्छ भन्ने दबाब धेरै थियो । भोलि काम गर्दै जाँदा थप अनुभव हुन्छन् । पञ्चायत कालदेखि नै काम गरेका हौँ । हामीले लामो समयदेखि जसरी राजनीति बुझ्यौ र बुझायौँ । पार्टी सङ्गठन जनतप्रति निष्ठावान हुन्छ, त्याग तपस्याको भावले गर्नु पर्छ भन्ने हो । पद प्रतिष्ठा गौण हुन भन्दै आएका हौँ । अहिलेको संसदीय प्रणाली, यहाँ भइरहेको अभ्यास, पद प्रतिष्ठा प्राप्तिका लागि भइरहेका दौडधुप डरलाग्दा छन् । यस्ता कार्यले निर्वाचन प्रणाली असान्दर्भिक हुन गइरहेको छ । कुनै पनि दिन हामी जस्ता मानिस असान्दर्भिक हुन सक्छौँ ।

बहुदलीय प्रतिस्पर्धा अँगाली सकेपछि त संसदीय प्रतिस्पर्धामा आउनै पर्छ हैन र ?

बहुदलीय प्रतिस्पर्धा स्वभाविक छ । राजनीतिमा जस्तो फोहोरी खेल देखिरहेका छौं , यो ठीक छैन । बहुदलीय प्रणाली, संसदीय व्यवस्थालाई सबै पार्टीले सुदृढीकरण गर्नै पर्छ । यसलाई सुदृढीकरण गरिएन भने आम राजनीतिक कार्यकर्तामा डिप्रेसन आउँछ । आफ्नो पार्टीमा पनि यस्ता कुराहरू छन् । यसलाई परिवर्तन गर्नै पर्छ नत्रभने राजनीतिलाई र पार्टीलाई असान्दर्भिक बनाउँछ । यसमा हामी पनि असफल भयौँ भने राजनीति नै असफल हुन्छ । त्यो प्रवृत्ति बोक्ने मान्छे सफल हुन्छन् । हामी जस्तो प्रवृत्ति बोक्ने मान्छे असफल हुन्छौँ ।

तपार्इंको पार्टीमा पनि यस्तो डरलाग्दो अवस्था छ ?

आफ्नै पार्टीमा पनि त्यस्तो देख्नुपर्छ । एमाले इतिहास बोकेको सुव्यवस्थित पार्टी हो । निष्ठाको राजनीति गर्ने पार्टी हो । अहिलेका समकालीन दलहरूमा सबैभन्दा नैतिकवान पार्टी हो । पछिल्ला दिनहरूमा जित्ने र प्रतिस्पर्धाका नाममा जस्ता प्रवृत्तिहरू देखापरेका छन्, त्यो गतल छ । यसलाई समयमा नै रोक्नुपर्छ । अब झन् दुई पार्टी एक हुँदैछौँ, यसलाई समयमा नै सच्याउनुपर्छ । नयाँ पार्टीका लागि यो चुनौती हो ।

यो तपार्इंले कुन प्रसङ्गमा डरलाग्दो भन्नुभयो ? हिजो टिकट वितरणको कुरा हो कि टिकट पाइसकेपछि जित्ने कुरा कि, अब बन्दै गरेको सरकारमा मन्त्री बनाउने हिसाबमा ?

सबै हिसाबले पार्टीमा अहिल समकालीन दलहरूमा कमजोरी छन् । मेरो पार्टीमा पनि राम्रा कुरा मात्र देख्ने कमी कमजोरी नदेख्ने प्रवृत्ति छ । आफ्नो पार्टीको कमजोरी देख्यो भने न सुर्धान सकिन्छ ।

यदि कमजोरी देखिएन भने एकैपटक धक्का खाने अवस्थामा आउँदा मात्र थाह हुने अवस्था आउँछ । पार्टीलाई जस्तोसुकै परिस्थितिमा पनि उभ्याउन सक्ने तागत भनेको पार्टीभित्रै हुन्छ । ०६४ सालमा ३३ सिट मात्र जितेका थियो । किन उठ्यो त एमाले ?

मानिसले एमाले उठ्छ भन्ने सोचेकै थिएनन् । हामीले आफै पार्टी बनायौँ । मैदान छोडेर भागेका थिएनौँ । आफैले पार्टी बनाएर पुनः सच्याएर यहाँ पुगेका हौँ । हाम्रो जग हल्लिएको थिएन । अझै पनि कैयाँै सकरात्मक र नकारात्मक प्रवृत्ति पार्टीभित्र छन् । तिनलाई सुधारेर जानुपर्छ ।

यो बढी नेतृत्वमा छ कि तल छ ?

सबै ठाउँमा छ, तलको काम गर्ने साथीहरूलाई दोष दिएर हामी उम्कन सक्दैनौँ । मुहान सफा भएपछि मात्र तल आफै सफा हुन्छ । मुहानमा नै धेरै सुदृढीकरण गर्नुपर्ने छ ।

यस्तो समयमा भन्नुभएको छ कि, तपाईंको पार्टी पहिलो पार्टी भएको छ, तपाईंहरू जस्तो निष्ठाको राजनीति गर्ने मान्छे यही अवस्थामा गयो भने सान्दर्भिकता नै सकिन्छ ?

मैले भने त हामी खराब बाटोतर्फ जान खोजिरहेका छौँ । यो बाटोबाट फर्केनौँ भने समस्या आउँछ । यो दिशाबाट फर्कनुपर्छ । हामीले यसलाई सही ठाउँमा ल्याउनुपर्छ ।

यो तपाईंहरूको बलबुतामा छ कि छैन ?

छ, किन न हुनु ? हामीले नै हो यसलाई सही दिशातर्फ अगाडि बढाउने । एमालेभित्र खराब पक्ष प्रबल हुने सम्भावना छ । तर अहिले पनि हामी बढी छौँ । एमाले सही भएकाले जनताबाट अनुमोदित भएर आएको हो । अहिले त वामपन्थीसहित एक ठाउँमा हुँदै छाँै । पार्टी ठूलो भएको छ ।

एमाले अगाडि बढ्छ । एमालेमा सही नेतृत्व सही सङ्गठन र सही विचार छ र त यहाँसम्म आयौँ । यसको भनिरहँदा सबै ठीक छ भन्ने होइन । यसमा भएका खराबीहरू समयमा नै हटाउनुपर्छ । सङ्गठन, नेतृत्वको पक्षमा कहीँ न कहीँ खराब छ, यिनै प्वालबाट केही खराब तत्वहरू भित्रिन सक्ने अवस्था आउँछ ।

कोमल वली राष्ट्रिय सभाको सदस्य हुने तर बेदुराम भुसाल, ठाकुर गैरे पन्छिनुपर्ने अवस्था एमालेमा भित्र भएको परिणाम हो है ?

कोमल वली, वेदुराम भुसाल, ठाकुर गैरेभन्दा पनि कस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्दैछौँ भन्ने यो एउटा उदाहरण हो । कोमल वलीसँग व्यक्तिगत हिसाबले बहस छलफल नै हुँदैन । कोमल वली एमालेमा आउँदा सबै मुख्य नेताहरूले वचन दिनुभएको थियो । उहाँले चुनाव लड्न चाहनुभयो, पाउनुभएन । तर अहिले नेताले दिएको वचन पूरा गरेका छन् । राष्ट्रिय सभामा ल्याइनुभएको हो ।

स्थान त होला नि, को प्रतिनिधि सभामा जाने को रािष्ट्रय सभामा जाने को प्रदेश सभामा जाने भनेर होइन र ?

यही भएर त केही साथीहरूले नोट अफ डिसेन्ट लेखेका हौँ, पार्टीको निर्णयमा । यो चर्चामा आउन लेखेको होइन । रहरले नोट अफ डिसेन्ट लेखेका हइनौँ, पार्टीको निर्णयका विरुद्ध । पार्टीभित्र मापदण्ड बनाउँ, निर्वाचनको प्रक्रिया ठीक भएन । जिम्मेवारी दिँदा मापदण्ड बनाएर जाआँै भनेका हौँ । यो मापदण्डमा म परिन भने पनि केही भएन । तर मापदण्ड त हुनुपर्यो । अरूले प्रश्न त उठाउन पाउँदैनन् ।

खराब प्रवृत्ति त हाबी भएको रहेछ नि । तपाईंहरूले त रोक्न सक्नु भएन छ नि ? तपाईंको हातबाट त फुत्किसेकेको रहेछ नि त ?

सिङ्गो पार्टी यो प्रक्रियामा छैन । केही व्यक्तिका कारणले यस्तो भएको हो । केही मानिसहरू पार्टी प्रवेश गरेका छन् । काँग्रेस, राप्रपालगातय कम्युनिस्ट पार्टीबाट आएका छन् । हाम्रो पार्टीमा आएका सबै यही विचारबाट निर्देशित थिएनन् । वर्गीय धरातल पनि फरक छ । यो एमाले एउटा कारखाना हो । यहाँ सबै कच्चा माललाई वस्तु बनाउनुपर्छ । हामीले वस्तु बनाउन सक्यौँ भने राम्रो भयो । कहिले काहीँ कच्चा पदार्थले मसिन नै बिगारिदिन्छ । मसिन नबिग्रियोस् भन्ने हामी चाहन्छौँ ।

जनताले अनुमोदन नै गरिसके तर, एमाले माओवादीबीच एकता हुने छाँटकाँट छैन त के हो ?

चुनावको मुखमा गठबन्धन बनाउनुपर्ने समयको माग हो । हामीले यो मौका गुमाएनौँ । अलग अलग लडेको भए माओवादी कमजोर हुन्थ्यो । एमाले पनि यहाँ पुग्दैन थियो । यही बुझेर हामी एकतमा जाँदैछौँ । जनपक्षीय सरकार बनाउन दुई पार्टी एक भएका हाँै । यो असोज १७ गते मात्र भएको होइन ।

सशस्त्र द्वन्द्वको समयमा पनि माओवादी र हामी एकआपसमा भेटवार्ता गरिरहेका थियौँ । माधव नेपाल सिलगुढी जानुभयो । वामदेव गौतमलाई माधव नेपालले रोल्पा पठाउनुभयो । केपी ओलीको १२ बुँदेमा सक्रिय भूमिका छ । झलनाथ खनालको भूमिका धेरै छ । १२ बुँदेमा ओलीको असहमति भएको भए एमाले त्यहाँ पुग्न सक्दैन थियो ।

वामदेव रोल्पाबाट फर्केलगतै हाम्रो पार्टीको राष्ट्रिय भेला भयो । उनलाई कारवाही गर्नुपर्छ भनेर ठूलो आवज उठ्यो । म त्यो समयमा उपत्यकाको सचिव थिए । मैले र केही अञ्चलका सचिवहरूले मात्र रोकेका हौँ । अधिकांश सचिवहरूले कारवाही हुनुपर्छ भन्ने थियो । मधाव नेपालले भन्नुभयो, मैले पठाएको हुँ ।

कारवाही हुन्छ भने मलाई होस् । त्यसपछि यो सकियो । त्यो समयमा वामदेव र प्रचण्डबीच ६ बुँदे भएको छ । १२ बुँदेको भ्रूण त्यही ६ बुँदे हो । त्यसपछि माओवादी र हामी एकअर्कातर्फ फर्केको थियो । एमालेमा माओवादी हेर्ने दृष्टिकोणमा विवाद भए ।

झलनाथ खनालले एकता सङ्घर्ष र रूपान्तरणको नीति प्रस्तुत भयो । तर कैयौँ साथीहरूले निषेध गरेर जानुपर्छ भन्नुभयो । हो हामीले एक आपसमा खुल्ला मञ्चबाट एकअर्कालाई आरोप प्रत्यारोप पनि गरेका छौँ ।

हामी पहिलो पटक ०६५ मा माओवादीको सरकारमा सामेल भयौँ, यो एकताको प्रक्रिया हो । त्यसपछि झलनाथ खनालको नेतृत्वको सरकारमा माओवादी सहभागी भयो । यो पनि एकता नै हो तर माधव नेपाल प्रधानमन्त्री भएको समयमा भने माओवादी सिंहदरबार कब्जा गर्न आए । यो सङ्घर्ष हो । यो समयमा लाखौँ मानिस राजधानी ल्यायो ।

माधव नेपालको सरकारले ट्याकल गर्यो । हो यहीँबाट हो माओवादीमा परिवर्तनको बाटो । यहीँबाट सोच्यो माओवादीले कि अब यो बाटोबाट हुँदैन । एकता भनेर गजुर मात्र टल्काएका हौइनौँ । यसका लागि धेरै अभ्यास भएका छन् । क्रान्ति पूरा गर्यो, अब समृद्धिको बाटोबाट जानु पर्छ भनेर सोच्यो । यहीँबाट हाम्रो विचार समान धारण मिलेको हो ।

हिजो सिलगुढी, लखनउ र रोल्पामा पुगेर वार्ता गरेको आधारमा कारवाही गर्नुपर्छ भन्ने मान्छेहरू नेतृत्वमा छन् अथवा उनका समूहका मान्छेहरू नै प्रमुख छन्, तपाईंको पार्टीमा ?

यो गलत हो, केही साथीहरूले स्तस्फूर्त ढङ्गले माओवादीसँग वार्ता गर्नेलाई कारवाही हनुपर्छ भन्ने थियो । त्यही भएर त माधव नेपालले जिम्मा लिनुभयो । अहिलेको जस्तो समूह गत बहस थिएन । राज्यले नै आतङ्कवादी भनेको र केही अन्तर्राष्ट्रिय सङ्गठनहरूले पनि त्यही लिस्टमा राखेको भएर केही साथीहरूमा माओवादीजस्तै व्यवहार हामीलाई गर्छ भन्ने थियो ।

अथवा वैधानिक पार्टीले यसरी लडिरहेको पार्टीसँग वार्ता गर्नुपर्छ कि पर्दैन भनेर बहस भएको हो ।

दोस्रो कुरा अब राज्यले हामीलाई पनि त्यही व्यहार गर्छ भन्ने थियो । मत विभाजन गुटगत रूपमा थिएन । हाम्रो पार्टीका नेताहरू कसैले कडा बोले होलान् । कसैले सैद्धान्तिक रूपमा बहस गरे होलान् । हाम्रो पार्टीमा एकता गर्नुपर्छ भनेर युवाहरू धेरै थियौँ ।

घनश्याम भुसालले वैचारिक रूपमा माओवादीसँग बहस गर्नुभयो । सबैभन्दा बढी वैचारिक सङ्घर्ष गर्नुभएको भुसालले हो । उहाँले त पुस्तक नै लेख्नुभयो । त्यतिको वैचारिक सङ्घर्ष कसले गर्यो । यही सङ्घर्षका कारण एकता र रूपान्तरण भएका हौँ ।

एमालेमा चुनावी गठबन्धन, एकता गर्नुपर्छ भन्नेमा अलिकति पनि विमति छैन । यसको नेतृत्व पार्टी अध्यक्षले गर्नुभएको छ । उहाँको नेतृत्वमा सबै काम गर्दै छौँ । अध्यक्षले सुझबुझ तरिकाले यसको नेतृत्व गर्नुहुन्छ ।

हिजो सिलगुढी वार्ता, रोल्पा वार्ता गर्न जानेहरू फरक थिए, अहिले नेतृत्व फरक व्यक्तिले गरिराख्नुभएको छ । त्यहाँ वार्ता गर्न जानेहरूलाई अहिले पार्टी एकताको बारेमा सूचना नै गरिँदैन भनिन्छ नि पार्टी कसरी एकीकरण हुँदैछ भनेर ?

तपाईंले भनेको ठीकै हो । पार्टीभित्र सामूहि छलफल हुनुपर्छ । यसमा हाम्रा केही कमी भएका छन् । केही यस्ता प्रश्न हुन्छ कि पार्टीको हाई कमान्डमा छलफल गरेर तलसम्म लैजानुपर्ने होला । सावधानीको अपनाउनुभएको होला अध्यक्षले । कैयौँ कुरा बिग्रन्छ भनेर भनेर पनि होला सबैसँग छलफल नगरेको ।

होइन तपाईंले वामदेव गौतम, झलनाथ खनाल र माधव नेपाललाई लुकाउने पर्ने के हुन्छ ?

हामी सबै बसेर अध्यक्षलाई पार्टी एकता संयोजनको जिम्मा दिएका छौँ । यी कुरामा छलफल गर्नुहोस् । कार्यसूची तयार गर्नुहोस् भनेर जिम्मा दिएका छौँ ।

यसको मतलब पार्टी अध्यक्षले प्रचण्डसँग जे सहमति गरे पनि मान्य हुन्छ ?

उहाँले राम्रो काम गर्नु हुन्छ । उहाँहरूले गरेका काम पार्टी एकता संयोजन समितिमा ल्याउनु हुन्छ । आआफ्ना पार्टीका मिटिङमा राख्नु हुन्छ । उहाँहरूले नराम्रो काम गर्नु हुन्न । राम्रो काम गरेर आउनु भयो भने समर्थन हुन्छ ।

हाम्रो अध्यक्षले जति माथिबाट धर्ती हेर्नु हुन्छ, त्यति मैले हेर्न सक्दिन । जति माथिबाट हेर्यो त्यति जमिन फराकिलो हुन्छ ।

पछिल्लो समयमा सांसद बनाउने, टिकट वितरणमा निर्णयहरूले सङ्केत त राम्रो दिँदैन नि ?

यसको जिम्मा मेरो पनि हो । मैले पनि गलत निर्णय गरेको छु । यसको हिस्सा कसको भागमा कति पर्छ भन्ने हो । नराम्रा निर्णय भएका छन् । नराम्रो परिणामको हिस्सेदार म पनि हो ।

दुई पार्टी कहिले एकीकरण हुन्छन् ?

मिति त म भन्न सक्दिनँ । एकीकरण गलत दिशामा गएको छैन, सही दिशामा गएको छ ।

केमा रोकिएको छ पार्टी एकता ? कि सरकार पहिला भन्नेमा हो ?

चुनावभन्दा पहिला हामी बढी भावनात्मक थियौँ । परिस्थितिको दबाब र भावनाका कारण बढी छिटो भएको हो । यसकारण प्रचण्ड सूर्य चुनावमा लड्न तयार हुनुभयो, उहाँले आफ्नो पार्टीमा छलफल नगरीकनै । उहाँले निर्वाचन आयोगमा छलफल गर्दा मात्र रोकियो । यो भनेको परिस्थितिको दबाब, उहाँको भावनाले काम गरेको हो ।

म माओवादीको कोणबाट हेर्दा आत्मसपर्ण हो कि भन्ने भयो होला । अहिले चुनाव चिन्ह फरक फरक लिएर जाऊँ भन्ने भयो । अहिले जति पनि पार्टी एकताका काम अगाडि बढाउँछौँ । त्यो सबै सचेततापूर्वक गर्नुपर्छ । भोलि यसमा विवाद नआओस् । एकताका काम भावनात्मक र समयको दबाबभन्दा पनि वैचारिक रूपमा सचेतनापूर्वक गर्नुपर्छ ।

अहिले के नेतृत्वको व्यवस्थापनमा नै हो समस्या ?

हो, नेताहरूको व्यवस्थापन पनि समस्या हो ।

तपाईंले त सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा हाम्रो पार्टीको अध्यक्ष प्रचण्ड भन्नुभयो भन्ने आयो, स्वीकारिसक्नु भएको हो प्रचण्डलाई अध्यक्ष ?

हो भनेको हुँ, किन भने भने हाम्रो पार्टी अध्यक्षले नै आसोज १७ गते गठबन्धनको घोषणको दिन भन्नुभयो– अब एमाले पनि रहँदैन, माओवादी पनि रहँदैन । अब नयाँ पार्टी बन्छ भन्नुभयो । यो उहाँको भनाइले आएको परिणाम हो । उहाँले यो काम दिमाग मात्र होइन मुटुको भित्रबाट आएको हो । उहाँले काम चलाउन हो भन्नुभएको भए यस्तो परिणा आउँदैन थियो । उहाँले नयाँ पार्टी बन्छ भनेको के हो ?

नयाँ पार्टी भनेको क्रमभङ्ग गरेर होइन, हिजोका पार्टीको राम्रा विचारसहित नयाँ बनाउने । यसको साङ्गठनिक, सैद्धान्तिक र नेतृत्व नयाँ हुन्छ भनेको हो नि । एमालेका र माओवादीका राम्रा विचार शैली आउँछन् । एमालेको जबजले यहाँसम्म पुगेका हौँ । अब नयाँ चरणमा जान्छौँ । अब हामी क्रान्तिको नयाँ चरणमा जाँदै छौँ, आर्थिक समृद्धिका लागि । हिजो त मसाल बोक्न बनाएको पार्टी हो नि । अब त मसाल बोक्न होइन पुनः निमार्ण गर्नुपर्छ । कार्यशैली पनि बदलिनुपर्छ । कार्यदिशा बदल्नुपर्छ । मदन भण्डारीले २०४९ सालमा जति फराकिलो आकासबाट हेर्नुभयो, त्यही आकासमा अहिले हामी छैनौँ । अब हामी फराकिलो आकासमा छौँ । अब यो आकासबाट सोच्ने हो ।

तपाईं पनि घनश्याम भुसालले भनेको जबजको क्लोज च्याप्टरमा सहमति हो ?

घनश्याम भुसाल अहिले पनि एक लाइन खराब हुुनुहुन्न । यो भिडियो पूरा सुन्नु होस् अनि मात्र बहस गरौँ । छलफल गरौँ । गतल छ भने आलोचना गर्नुहोस् । त्यहाँ प्रष्टसँग भन्नुभएको छ कि जबज र एक्काइसौँ शताब्दीको जनवादको एउटा च्याप्टर क्लोज भयो भन्नु भएको छ । अब दोस्रो च्याप्टरमा जान्छौँ भन्नुभएको छ । धन्न एक्काइसौँ शताब्दी पनि जोडिदिनुभएछ पत्रकार साथीले । यदि एक्काइसाँ शताब्दीको जनवाद नजोडेको भए घनश्याम भुसाललाई त चारपाटे मुडेर निकाल्ने रहेछन् । अब म भन्न चाहन्छु कि चारपाटे मुण्डन गर्न तयार भएका साथीहरूलाई अहिले पनि भन्छु पूरा सुन्नु होस् । अनि भन्नु होस् ।

अहिले पार्टी एकीकरण हुनुको बाधा भनेको नेतृत्वको व्यवस्थापन हो ?

यो भनेको एउटा एजेन्डा हो । पार्टी एकीकरणका लागि सङ्गठन, विचार र नेतृत्व हो । आआफ्नो विचारको अभ्यास गरेका छौँ । माओवादीको हेटौँडा महाधिवेशनमा नयाँ तरिकाले आएको छ । यसकारण हामीबीच माओवादीबीच समानता छन् । असमानतालाई छोड्न सकिन्छ छोडौँ । सकिँदैन बहस गर्दै जाऔँ ।

अहिले एकीकरण हुन्छ त ?

अब एमाले र माओवादी अलग पार्टीका रूपमा रहन नै सक्दैनन् । अहिले समाजले लिभिङ टुकेदर पनि स्वीकारेको छ, यो यति मात्र होइन । समय लाग्न सक्छ, यसलाई परिपक्क बनाउनुपर्छ ।

पहिला सरकार बन्छ हो ?

हो, सरकार पहिला बन्छ ।

केपी ओलीको नेतृत्वमा सरकार बन्छ हो ?

केपी ओलीको नेतृत्वमा नै बन्छ । फागुन १० गतेभित्र बन्छ । यसमा कुनै विवाद छैन । ओली सबैभन्दा ठूलो पार्टीको नेता हुन् । जनमत पनि उहाँ नै प्रधानमन्त्री हुनुपर्छ भन्ने छ ।

तपार्इं पनि मन्त्री बन्दै हुनुहुन्छ हो ?

मलाई थाह छैन, यो अध्यक्षको जिम्मा हो । उहाँलाई थाह हुन्छ ।

अध्यक्षले त तपार्इंको निर्वाचन क्षेत्रमा गएर नै तपाई सांसद बनाएर पठाउनुहोस्, म मन्त्री बनाउछु भन्नुभएको थियो ?

यस्तो छ, म पार्टीको प्रचार विभागको प्रमुख हो । पार्टीले एसाइन गरेका काम म गर्छु । पार्टी अध्यक्षले सामूहिक निर्णयलाई बलियो बनाउने काम गर्छु । त्यसको पक्षमा जनमत तयार गर्नुपर्छ, सकेसम्म गर्छु । युद्धमा जाने कमान्डरलाई नै चित्त बुझेको छैन भने म किन बस्ने । यसमा अध्यक्षलाई चित्त बुझेको छैन भने प्रस्ताव ल्याएर मलाई हटाए भने कुनै आपत्ति छैन ।

उहाँ भोलि प्रधानमन्त्री हुनुहुन्छ । पहिला एमालेमा कसलाई मन्त्री बनाउने भनेर स्थायी समितिमा निर्णय हुन्थ्यो । पछि त्यो केही नेता बसेर छलफल गर्ने चलन बस्यो । अहिले प्रधानमन्त्री हुने व्यक्तिमा यो निर्णय गर्ने चलन बढी देखिएको छ । मन्त्री बनाउँदा सजिलो हुन्छ । यदि सिस्टम बनाउने हो भने त्यही सिस्टममा जाऔँ । अध्यक्षलाई नै जिम्मा दियौँ सबै बसेर भने पनि त्यो सामूहिक हो ।

पछिल्लो समयमा तपाईंको विषयमा आलोचना आए, तपार्इंले निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा ओलीलाई लिएर जानुभयो, प्रशंसा गर्नुभयो ?

मेरो निर्वाचन क्षेत्रमा, मैले चुनाव लडेको क्षेत्रमा केपी ओली नलिएर के शेरबहादुर देउवालाई लैजाऊँ ?

पछिल्लो समयमा केपी ओली प्रधानमन्त्री हुनु हुँदैन, नेतृत्वबाट हट्नुपर्छ भन्नुभयो । यही कारणले तपाईं मन्त्रीको लिस्टबाट हट्नुभयो भन्ने छ नि ?

भनेको पनि हुँ, मैले भनेको सबै कुरा मान्नु पर्छ भन्ने नै छैन । मैले यही भनेको कारण मेरो नाम मन्त्री बन्नेबाट हटेको हो भने मलाई केही छैन ।

यस्तो भन्न मिल्थ्यो कि मिल्दैन थियो ?

म अहिले पनि भन्छु । मैले जुन तर्कका साथ केपी, प्रचण्डलाई सम्बोधन गरेर अरूलाई पनि भनेको हुँ । वामदेव, माधव नेपाल र झलनाथ खनाललाई भनेको हुँ । जुन सगरमाथा तपाईं चढ्नुभयो अब अर्को सगरमाथा छैन । आज नेपालको कम्युनिस्टले सगरमाथा चढ्यो, यसमा मेरो पनि सहभागिता छ । मैले थिचेको एक्सलेटरले पनि माइलेज त दिएको होला । हो, नेतृत्वले थिचेको एक्सलेटरले बढी माइलेज दियो होला । म पनि यही क्याराभानको यात्री हुँ । उहाँको नेतृत्वमा म पनि सहभागी छु । मलाई गर्व लाग्छ । खास खास समयमा धेरैले नेतृत्व गर्नु भएको छ । वामदेव रोल्पा गएर वार्ता गर्दा सेनाले पछ्याएकै हो । यदि सेनाले बम खसालेको भए प्रचण्ड र वामदेव त त्यही मर्थे नि । यति जोखिम मोलेर वार्ता त गर्नु भएको हो नि । के यो इतिहास म विर्सन्छु ।

माघ १९ को कूको समयमा एमाले दुईटा दिशामा जाने खतरा थियो । एउटा माओवादी हुने लाइन, अर्को राजालाई ठीक पार्नुपर्छ भनेर सेना बनाएको भए । माओवादीले १० वर्षमा बनाएको सेना एमालेले एकै दिन बनाउँथ्यो । ५ लाख पार्टी सदस्य भएको पार्टीबाट ३० प्रतिशत मात्र माओवादीतर्फ गएको भए के हुन्थ्यो ?

त्यो बाटो जानुपथ्र्यो भन्ने पनि थियो । अब ज्ञानेन्द्रले ५० वर्ष खान्छ जाआँै माओवादीसँग भन्ने थियो । तर यो समयमा झलनाथ खनालले सही नेतृत्व गर्नुभयो । न दायाँ भड्काउमा जान दिनु भयो न त बायाँ भड्काउमा जान दिनुभयो । उहाँले दायाँबायाँ भड्काउमा होइन, काँग्रेस र माओवादीसँग मिलेर लोकतान्त्रिक आन्दोलनमा जाने हो भन्नुभयो । यो योगदान कम हो ।

केपी ओली १४ वर्ष जेल बस्नुभएको हो । उहाँको अवमूल्याङकन गरेर कहाँ पुग्छु । अहिले हामी १४ घण्टा जेल बस्न तयार छैनाँै । बसे हुँला पटक पटक गरेर ३, ४ वर्ष । नेताहरूको सुखदुःख देखेको छु । मभन्दा १५ वर्षको फरक न छ । सँगै खाएको सुतेर आएको हुँ । उहाँहरूको योगदानले नेपालको कम्युनिस्ट आन्दोलन यो उचाइमा पुगेको हो । भियतनाम, लाओस, चीनभन्दा अगाडि छ । यो कुनै समयमा पुष्पलालले बनाउनुभयो । कुनै समयमा मदन भण्डारीले गर्नुभयो । कुनै समयमा माधव नेपाल, झलनाथ खनालले गर्नुभयो होला । अहिले केपी ओली र प्रचण्डले गर्नुभएको हो । मैले यो उचाइबाट भनेको हुँ कि यो कम्युनिस्ट आन्दोलन यहाँ पुर्याउन जति योगदान उहाँहरूको छ । केपी ओली र प्रचण्डले गरेको योगदानले हो । मैले त नेल्सन मण्डेला जस्तो बन्नुहोस भनेको हुँ । मैले माधव नेपाललाई प्रधानमन्त्री बनाउन भनेको होइन ।

पछि ओलीले मलाई बैठकमा सम्झाउनुभयो । अहिले समय त भएको थिएन ।

तपाईंलाई मन्त्री बनाउनुहुन्न भन्नेलाई सहज बनाउनु भयो नि ?

मलाई मन्त्री बनाउन नचाहने साथीहरूको चाहना हो भने बालकोटमा जुलुस् लिएर जानुहोस् । आज पनि भन्छु, पार्टी अध्यक्षले जुलुसका कारण मलाई मन्त्री बनाउनुभएन र बैठकमा भन्नुभयो भने सबैभन्दा बढी आत्मसन्तुष्टि मलाई त्यही दिनहुने छ ।

मुख्यमन्त्री पार्टीभित्र पनि मिलाउन सक्नुभएन भन्ने छ नि ?

पार्टी कमिटीमा बहस गरेका छौँ । संसदीय दल भनेको पार्टीको मातहत हुन्छ । यो भनेपछि शाक्तिको टकराव नहोस् ।

यसबारेमा २४ गतेपछि हामी बहस गर्दैछौँ । किनकि योभन्दा पहिला बहस भए निर्वाचनलाई असर गर्न सक्छ । सके सर्वसम्मत गराँै भएन भने गोप्य मतदानबाट संसदीय दलको नेता छानौँ । यसको मतलब स्थायी समितिमा छलफल हँुदैन भन्ने होइन । यदि यस्ता भएन भने सबै संसदीय दलहरूले पार्टीभन्दा अलग हौँ भन्ने भावना हुन्छ । हामी अनियन्त्रित रूपमा यसलाई छोड्दैनौँ । अध्यक्षलाई पनि भनेका छौँ ।

मुख्यमन्त्रीको विवाद पार्टीले मिलाउँछ ?

मिलाउँछ, हाम्रो पार्टीमा सकेसम्म चुनाव हुँदैन । ५ नं. प्रदेशका साथीहरूले गलत गरेका हुन । शङ्करजी नै संसदीय दलको नेता र मुख्य मन्त्री हुन तर प्रक्रिया गलत भएको हो । पार्टीको टप लेबलमा बसेका साथीहरूको संलग्नतामा यस्तो काम भएको हो । यो सङ्गठनको अराजकता हो । आत्मआलोचित हुनुपर्छ ।

तपाईंको घोषणापत्रमा भएको काम जुनसुकै सरकारले गर्दा के भयो त ?

वृद्ध भत्तासँग जोड्नुभयो । राज्यको सामथ्र्यको कुरा आउँछ । हामीले भनेका छौँ, हो मासिक ५ हजार बनाउने । भोलि हाम्रो राज्यको सामथ्र्य बढेपछि गर्न सकिन्छ । एउटा समाजवादी अवधारणा हो । राज्यले बालबालिका र वृद्धहरूलाई राज्यले हेर्ने हो । हामी लिबरल होइनौँ हामी त समाजवादी हौँ । तर देउवा सरकारले गरेका कैयौँ घोषणाहरू ठाडै खारेज गर्न सक्छ ।

कैयौँ एक्स्पर्टहरूले कामचलाउ सरकारले गरेका निर्णयहरू तत्काल एक्सन लिनु्पर्छ भन्छन् नि ?

यी प्रशासक विज्ञलाई यो पनि थाह हुनुपर्छ कि चुनाव जितेर आएको छ । यसको प्रतिवाद पनि गरेका छौँ तर क्याबिनेटमा जान पाइँदैन । पछि हामी पनि केही समयपछि त्यही बसेर सच्याउँछौँ । नियुक्तिको मापदण्ड बनाउँछौँ हामी, तलब खुवाउन मात्र होइन ।

देउवाले गरेका निर्णयमा तपार्इंको धारण भनिदिनु होस् न ?

कतिपय निर्णयहरू ठाडै खारेज हुन्छन् । कतिपय छानबिन हुन्छन् ।

– रातोपाटी

प्रतिक्रिया दिनुहोस्